काठमाडाैं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या सँगै मृत्यु हुनेको संख्या बढेको छ । भारतमा १८० जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।
पञ्जाबमा ७२ वर्षीय वृद्धको मृत्यु भएपछि भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको हो । यसअघि तीनजनाको मृत्यु भइसकेको थियो । संक्रमित र मृत्यु हुनेको संख्या बढेपनि १५ जना निको भएर घर गएका छन् ।