काठमाडाैं । सन् २०१२ को डिसेम्बरमा दिल्लीमा बसमा भएको सामूहिक बलात्कारका चारजना दोषीलाई फाँसी निश्चित भएको छ । घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेकोमा एकजनाले आत्माहत्या गरेका थिए ।
अदालतको आदेशले पटक पटक स्थगित भएको फाँसीको सजाय निश्चित भएको छ । फाँसी दिइनेमा पवन गुप्ता, विनय शर्मा, अक्षर ठाकुर र मुकेश सिंह छन् । उनीहरुलाई भोली २० मार्च सुर्योदय अगाडि बिहान साँढे पाँच बजे फाँसी दिइनेछ ।