काठमाडाैं । रुपन्देहीमा पैसा नदिएको रिसमा एक बालकको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको छ । हत्या हुनेमा ओमसतीया-५ धान्सीका १० वर्षीय बालक आकाश हरिजन रहेका छन् ।
सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हरिजनलाई विद्यालयले ४ सय छात्रवृति रकम प्रदान गरेको र सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षीय बालकले उनको हत्या गरेको बताइएको छ । उनले आफ्नो बाबुसँग मिलेर आकाशको हत्या गरेको आशङ्कामा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएका छन् ।
चैत्र ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि उनको खोजतलास सुरु भएको थियो । खोजतलासको क्रममा ६ गते मात्र ओमसतीयाको खेतमा उनको शव फेला परेको थियो र शव भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।