काठमाडाैं । अफगानिस्तानको तालिबान लाडकूको एक समूहले निजरब जिल्लाको एक प्रहरी चाैकीमा शनिबार गोली हानाहान भएको छ । दुबै तर्फ झण्डै एक घण्टा गोली हानाहान भएको थियो जसमा सरकार समर्थित चार जना लडाकू र विद्रोही तीन जना लडाकूको मृत्यु भएको छ ।
यसअघि शुक्रबार राति तालिबानको आक्रमणमा दक्षिणी जाबुल प्रान्तमा दुई दर्जनभन्दा बढी सैनिकको ज्यान गएको थियो ।
अफगानिस्तानका जेलमा रहेका पाँच हजार तालिबानी लडाकूलाई बिनाशर्त छाड्नुपर्ने तालिबानको मागलाई अफगान सरकारले अस्वीकार गरेका कारण तालिबान र अमेरिकाबीच शन्ति सम्झाैता भएपनि अफगान सरकार र तालिबानबीच वार्ता हुन सकेको छैन् ।