08 Aug 2022, 3:15 AM (GMT)

Coronavirus Stats Nepal

990,625 Total Cases
11,972 Death Cases
972,967 Recovered Cases

आज रातिदेखि कञ्चनपुर ‘लक डाउन’

काठमाडाैं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि कञ्चनपुर जिल्लामा ‘लक डाउन’ गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले कञ्चनपुरका सर्वसाधारणलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेका छन् । प्रशासनले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको हो ।

प्रशासनले आइतबार रातिदेखि अत्यावश्यक काममा संलग्न सेवाबाहेक सबै प्रकारका सेवाहरु बन्द गराउन आग्रह गरेका छन् । निर्णय नमानी घर बाहिर निस्किए कानुन बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सुचना जारी गरेको छ ।

लक डाउन आइतबार राति बाट नै भएपनि गड्डाचाैकीको नाका भने मंगलबार मात्र बन्द हुने निर्णय भएको छ । आजबाट नै नाका बन्द गरेमा भारतबाट नेपाल फर्किने नेपालीहरुलाई समस्या हुने भएकोले मंगलबार मात्र नाका बन्द गरिने बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A microbus and a motorcycle collided in Chandragiri, killing the driver

Kathmandu : A person was killed when a motorcycle collided with a micro bus parked ...

Translate »
%d bloggers like this: