26 Jan 2022, 1:07 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

नेपालमाः फ्रान्सबाट आएकी १९ वर्षीय युवतीमा कोरोना पोजेटिभ भेटियो

काठमाडाैं ।  क्वारेनटाईमा राखिएकी १९ वर्षीय नेपाली युवतीमा कोरोना संक्रमण देखिएको छ । फ्रान्सबाट कतार हुँदै चैत ४ गते काठमाडाैं विमानस्थलमा ओर्लिएकी युवतीमा कोरोना देखिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् ।

प्रयोगशालामा तीन पटक उनको चेकअप गरिएको र तीनै पटक उनमा कोरोना पोजिटिभ देखिएको जानकारी दिइएको छ । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली युवतीसँगै फ्रान्समा पढ्ने भियतनाम साथीले उनलाई आफुमा कोरोना संक्रमण रहेको र उनलाई पनि हुन सक्ने खबर दिएको खुलेको छ । नेपाली युवतीसँगै फ्रान्सबाट भियतनाम फर्किएकी युवतीले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भियतनामी युवतीले उनलाई तत्काल स्वास्थ्य परीक्षण गर्न भनेकी थिइन् ।

त्यसपछि उनी शनिबार टेकुस्थित केन्द्रिय प्रयोगशालामा स्वास्थ्य परीक्षणका लागि अभिभावकसहित पुगिन् । जहाँ उनलाई आइतबार आएको रिपोर्ट अनुसार कोरोना संक्रमण रहेको बताइएको थियो ।

अब उनी आएको जहाजमा रहेका यात्रु उनी चढेको ट्याक्सी चालक उनीसँग सम्पर्कमा आएका परिवारका सदस्य र उनी जहाँ जहाँ पुगेर जो जसको सम्पर्कमा पुगिन उनीहरु र बाँकी उनीसँग सम्पर्कमा आएका सबै को को कहाँ कहाँ पुगे त्यहाँ त्यहाँ अब संक्रमणको सम्भावना हुन सक्छ ।

उनका परिवारका सबै सदस्य र उनीसँग भेटघाट गरेका सबैलाई क्वारेनटाइनमा राखिएको छ । सरकारले उनीसँग एउटै जहाज आएका अन्य यात्रुको पनि खोजी गर्ने बताएको छन् । परिवारको सदस्यमा संक्रमण नदेखिए जहाजका सहयात्रीमा पनि सम्भावना कम रहने विज्ञले बताएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: