काठमाडाैं । साउदी अरबमा सोमबार स्थानीय स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म देशभरि कर्फ्युको घोषणा गरिएको छ । कर्फ्यु प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनको लागि लागु हुने बताइएको छ । साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कर्फ्युको घोषणा गरेका बताएका छन् ।
कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन र कर्फ्यु पूर्णरुपमा पालना गर्न साउदी राजा सल्मानले आग्रह गरेका छन् । साथै कर्फ्यु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई लागू नहुने बताइएको छ । साउदी अरबमा ११९ थप कोरोना संक्रमित पुष्टि भएसँगै कोरोना भाइरस संक्रमितको संख्या ५११ पुगिसकेको छ ।