काठमाडाैं । क्रिश्चियन धर्म माने कोरोना भाइरस लाग्दैन भन्दै भ्रम फैलाउने एक पास्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नं २९ पावर हाउस बस्दै आएका पास्टर केशवराज आचार्य रहेका छन् ।
उनलाई कोरोना भाइरसको बारेमा भ्रम फैलाएको आरोपमा पक्राउ गरेको हो । यसअघि उनले फुकेर मन्त्र र रुमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए ।
कोरोना भाइरसको महामारी फैलिएसँगै कोरोना भाइरससम्बन्धि भ्रमहरु फैलिन थालेको छ । यसअघि फेसबुक पेजमा लाइक पाउनको लागि नर्भिक अस्पतालमा ९ जनालाई परिक्षण गर्दा ६ जनामा कोरोना भाइरस देखिएको भन्दै भ्रम फैलाउने एक युवक पक्राउ परेका थिए ।