26 Jan 2022, 2:38 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

भाटभटेनीको कोरोना नियन्त्रण कोषमा एक करोड सहयोग

काठमाडाैं । भाटभटेनी सुपरमार्केटले कोरोना संक्रमण तथा नियन्त्रण कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । मन्त्रि परिषद आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने र उक्त कोषमा सरकारका तर्फबाट ५० करोड रुपैयाँ सुरु पुँजी राख्ने निर्णय गरेका थियो ।

कोरोनाका कारण अर्थतन्त्रमा पर्न सक्ने असर, पूर्वाधारमा लगानी गर्नुपर्ने भएकोले उक्त कोषको स्थापना गरिएको र कोषको रकम कोरोनासँग सम्बन्धित क्षेत्रमा पूर्वाधार तयार, स्वास्थ्य साम्रगीको आपुर्ति लगायतमा खर्च गरिने सरकारले जनाएको छ ।

भाटभटेनी सुपरमार्केटले सोही कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेको हो । मुलुक अप्ठेरोमा परेको बेला सरकार र नागरिकलाई सहयोग गर्नुपर्ने आफ्नो दायित्व रहेको भाटभटेनी सुपरमार्केट अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए ।

साथै कोरोना संक्रमणका बेला पनि उपभोग्य साम्रगीमा कमी हुन नदिने अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गरेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: