कोरोनाका कारण सबैभन्दा बढी मृ्त्यु भएको मुलुक इटली पछि स्पेन

Spread the love

काठमाडाैं । स्पेनमा कोरोना भाइरसका कारणले एक दिनमा ७३८ जनाको मृत्यु भएको छ भने ७ हजार ९३७ नयाँ संक्रमितहरु भेटिएका छन् । हालसम्म स्पेनमा संक्रमितको संख्या ४७ हजार ६१० जना रहेका छन् भने ३ हजार ४३४ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको कारण सबैभन्दा बढी मृत्यु हुने देशमा स्पेन दोस्रो स्थानमा रहेको भने पहिलो देश इटाली रहेको छ जहाँ ६ हजार ८२० जनाको मृत्यु भएको र चीन तेस्रोमा रहेको छ जहाँ ३ हजार २८७ जनाको मृत्यु भएको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या २७ प्रतिशतले वृद्धि भएको छ । जुन हालसम्मको उच्चदर हो भने संक्रमितको संख्या २० प्रतिशतले बढेको छ । स्पेनमा मृत्यु हुनेमा ५३ प्रतिशत म्याड्रिडको रहेको र म्याड्रिडमा मात्र १ हजार ८२५ जनाले ज्यान गुमाइसकेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Kanika Kapoor discharge from hospital after two weeks

Spread the love Kathmandu : Singer Kanika Kapoor, who has been admitted to SGPGI Hospital ...

Translate »
%d bloggers like this: