काठमाडाैं । अमेरिकाका राष्ट्रपति ट्रम्पले ह्वाइटमा आयोजित पत्रकार सम्मेलनमा आगामी इष्टरसम्ममा कोरोना भाइरसको महामारी सकिने विश्वास व्यक्त गरेका छन् । अमेरिकाका सबैभन्दा प्रभावित ‘न्यु योर्क’ शहरमा अहिले संक्रमितको संख्या र मृत्यु हुनेको संख्या तीव्र गतिमा बढिरहेको छ ।
त्यसपछि पनि अमेरिका राष्ट्रपतिले पुरै अमेरिका लक डाउन नगर्ने बताएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले अमेरिका कोरोना भाइरसको नयाँ केन्द्र हुनसक्ने चेतावनी दिएको थियो ।
कोरोना भाइरसको मानवीय जोखिमलाई नहेरेपनि पनि आर्थिक जोखिमलाई मध्यनजर गर्दै २० खर्ब अमेरिकी डलरको सहायता प्याकेज ल्याइएको छ अमेरिकी सञ्जालमा बताइएको छ । हालसम्म अमेरिकामा ५५ हजार भन्दा बढी संक्रमित छन् भने ७ सय जना भन्दा बढीको मृत्यु भइसकेको छ ।