काठमाडाैं । स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार नघेको छ । स्पेनमा एकै दिनमा ६५५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४ हजार ८९ पुगेको हो । संक्रमितको संख्या भने ५६ हजार १८८ पुगेको छ ।
मृत्युदरमा बुधबार जारी गरिएको तथ्यांकमा १९ प्रतिशतले वृद्धि भएको छ । स्पेन इटली पछि सबैभन्दा बढी कोरोनाका कारणले सबैभन्दा बढी मृत्यु हुने राष्ट्रमा पर्दछ ।