काठमाडाैं । अमेरिकाको कोरोना भाइरसको केन्द्रबिन्दु बनेको शहर न्यु योर्कमा अमेरिकामा कोरोना संक्रमण पुष्टि भएको ५० प्रतिशत संक्रमित रहेका छन् । न्यु योर्कमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५७ पुगेको छ भने संक्रमित संख्या ३९ हजार १४० पुगेको छ ।
त्यहाँ बिहिबारमात्र कोरोनाका कारण १७७ जनाको मृत्यु भएको छ भने शुक्रबार बिहान सम्म मृत्यु संख्या बढेर ३६५ पुगेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
बिहिबारको तथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिकामा ८६ हजार ३८ जनामा कोरोना संक्रमण देखिएको छ भने १ हजार ३०० सय जनाको मृत्यु भएको जनाइएको छ । कोरोना संक्रमित संख्यामा अमेरिकाले चीन र इटाली दुवैलाई पछाडि परेको छ ।