26 Jan 2022, 1:37 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

चीनमा शुक्रबार कोरोनाका कारण ३ जनाको मृत्यु, ५४ विदेशी नागरिकमा कोरोना संक्रमण

काठमाडाैं । चीनमा पछिल्लो दिनमात्र ५४ नयाँ कोरोना भाइरसको संक्रमण देखिएको छ भने कोरोना संक्रमितको संख्या ६४९ पुगेको छ । शुक्रबार ३ जनाको कोरोनाका मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार २९५ पुगेको चिनियाँ तथा अन्य विदेशी सञ्चार माध्यमहरुले जनाएको छ ।

शुक्रबार कोरोना भाइरसको कुनैपनि नयाँ संक्रमितको रिपोर्ट नभएपनि विदेशबाट आउने ५४ जनामा कोरोना संक्रमण भएको रिपोर्ट गरिएको थियो ।

चीनको मुख्य भुमिमा मात्र शुक्रबारको अन्त्यसम्म कोरोना भाइरस संक्रमितको संख्या कुल ८१ हजार ३१४ पुगेको छ । जसमा कोरोनाका कारण मृत्यु हुने ३ हजार १२८ मानिस ७४ हजार ९७१ निको भइ डिस्चार्ज भएका संक्रमितहरु पनि पर्दछन् ।

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २७ हजार ३३३ पुगेको छ । जसमा इटालीमा सबैभन्दा बढी मृत्यु हुने संख्या ९ हजार १३४ रहेको छ, त्यसपछि स्पेनमा ५ हजार १३८ र चीनमा ३ हजार १७४ पुगेको छ ।

अमेरिका अहिले १ लाख ४ हजार ७ कोरोना संक्रमित सहित सबैभन्दा बढी संक्रमित पुष्टि भएको राष्ट्रमा पर्दछ भने दोस्रोमा ८६ हजार ४९८ संक्रमित सहित इटली र तेस्रोमा ८१ हजार ९०६ संक्रमित सहित चीन पर्दछ ।

जनवरी २३ देखि लक डाउनमा राखिएको वुहान प्रान्त भने अब खुला गर्ने तयारीमा छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Powerful earthquake in Japan

Kathmandu : A strong earthquake shook Japan on Thursday. A magnitude 6.1 earthquake has shaken ...

Translate »
%d bloggers like this: