22 Sep 2020, 7:45 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

शुक्रबार बिहानसम्म अमेरिकामा १ लाख कोरोना संक्रमित पुष्टि

काठमाडाैं । अमेरिका शुक्रबार १ लाख कोरोना संक्रमित रेकर्ड गर्ने पहिलो देश बनेको छ । एक हप्ता अगाडि मात्र अमेरिकामा कुल संक्रमित संख्या १० हजार थियो ।

देशभरि कोरोना परिक्षण तीव्र गतिमा गरे लगात्तै कोरोना संक्रमण पुष्टि भएको संख्या ह्वातै बढेको छ । तर शुक्रबार बिहान ६ बजे भने संक्रमितको संख्या १ लाख पुगेको हो ।

एक दिन अघि मात्र अमेरिकामा संक्रमितको संख्या ८३ हजार थियो । तर अमेरिकामा धेरै संक्रमित हुनुको मुख्य कारण त्यहाँ सबैभन्दा धेरै कोरोना परिक्षण भएको हुनाले बताइएको छ ।

संयुक्त राज्य अमेरिकाले अहिले सम्म ३ लाख ७० हजार भन्दा बढी कोरोना संक्रमण परिक्षण गरिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाले अहिलेसम्म ३ लाख ७० हजार कोरोना संक्रमण परिक्षण गरेपनि अमेरिका सबैभन्दा धेरै कोरोना परिक्षण गर्ने राष्ट्रमा भने पर्दैन ।

उत्तर कोरियाले पनि शुक्रबार सम्ममा ३ लाख ७० हजार भन्दा बढी कोरोना परिक्षण गरेको छ भने अहिले कोरोना भाइरसको केन्द्रविन्दु बनेको राष्ट्र इटालीले अहिलेसम्म ३ लाख ९० हजार कोरोना परिक्षण गरेको विभिन्न विदेशी सञ्चार माध्यमहरुले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: