काठमाडाैं । नेदरल्याण्डमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । त्यहाँ १ हजार १०४ थप संक्रमित सहित कुल संक्रमितको संख्या १० हजार ८६६ पुगेको छ भने त्यहाँ थप १३२ संक्रमितको मृत्यु भएपछि कुल मृत्यु संख्या ७७१ पुगेको छ । बिरामी भएका नागरिकहरुलाई मात्र परिक्षण गरेको हुदाँ त्यहाँ अझ धेरै संक्रमित हुन सक्ने आशंका गरिएको छ ।
फिलिपिन्समा भने थप नयाँ ३४३ जना संक्रमितहरु पुष्टि भएको छ भने मृत्यु संख्या भने ७१ पुगेको छ । १० करोड ४० लाख जनसंख्या भएको फिलिपिन्समा १ हजार ४१८ संक्रमितहरु पुष्टि भएको छ भने ४२ संक्रमित निको भइसकेका छन् ।