काठमाडाैं । नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको एक हप्ताको लक डाउनलाई बढाउने निर्णय गरेको छ । फ्रान्सबाट कतार हुँदै फर्किएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको एक दिनपछि मङ्गलबार चैत्र ११ गते देखि लक डाउन सुरु गरिएको थियो ।
उक्त लक डाउन एक हप्तासम्म रहने बताइएको थियो । तर दिन बिते लगत्तै कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको हुँदा लक डाउनलाई एक हप्ताको लागि बढाउने निर्णय भएको हो । थप गरिएको लक डाउन भने चैत्र २६ गते सम्मको लागि रहने छ ।
यसैबीच, चैत ८ देखि चैत्र १८ गतेसम्मको लागि रोक लगाइएको अन्तर्राष्ट्रिय हवाई उडान भने वैशाख ३ गते सम्मको लागि रोक्ने निर्णय भएको छ । कोरोना भाइरसको त्रासका कारण अन्तर्राष्ट्रिय हवाई उडानमा पनि रोक लगाइएको समय थप गरिएको बताइएको छ ।
विश्वभर फैलिएका कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढी मृत्यु भएको राष्ट्र इटलीमा मात्र १० हजार जना भन्दा बढीको मृत्यु भइसकेको छ भने सबैभन्दा बढी संक्रमित रहेको राष्ट्र संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १ लाख नघि सकेको छ ।
यससँगै नेपालमा पनि सोमबार मात्रै पहिलो कोरोना संक्रमितको पुष्टि भएको थियो तर एक हप्ता भित्रै संक्रमित संख्या बढेर ५ पुगिसकेको छ ।