काठमाडाैं । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको छ । कोरोनाका कारण अहिले विश्वभरि ३२ हजार १५५ जनाको मृत्यु भइसकेको छ भने ६ लाख ८३ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ र १ लाख ४६ हजार ३९६ जना निको भइसकेको छ ।
६ लाख ८३ हजार ६९४ मध्ये ५ लाख ५ हजार १४३ जना संक्रमित सक्रिय केसमा पर्दछन् र १ लाख ७८ हजार ५५१ बन्द केसमा पर्दछन् । सक्रिय केस मध्ये ४ लाख ७९ हजार ७१७ जनामा हल्का मात्र लक्षण देखिएको छ भने २५ हजार ४२६ जना गम्भीर हालतमा छन् ।
बन्द केसहरु मध्ये १ लाख ४६ हजार ३९६ जना निको भइसकेको छ भने ३२ हजार १५५ जनाको मृत्यु भएको छ ।
अहिले सबैभन्दा धेरै संक्रमित भएको देश संयुक्त राज्य अमेरिका पर्दछ जसमा १ लाख २३ हजार ८२८ जना संक्रमित पुष्टि भइसकेको छ भने त्यसपछि ९२ हजार ४७२ जना संक्रमित सहित इटली र ८१ हजार ४३९ संक्रमित सहित चीन पर्दछ ।
तर कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु हुनेमा भने इटली पर्दछ । इटलीमा १० हजार २३ जना संक्रमितको मृत्यु भइसकेको छ । त्यसपछि स्पेन अनि चीन पर्दछ जसमा क्रमश ६ हजार ५२८ र ३ हजार ३०० जना संक्रमितको मृत्यु भइसकेको छ ।