23 Sep 2023, 5:37 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

थाइल्याण्डको राजा २० महिला सहित अल्पाइन होटेलमा आइसोलेसन बस्दै

काठमाडाैं । थाइल्याण्डका राजा महा वजिरलवोगकोर्नले आइसोलेसनमा बस्नका लागि ग्रान्ड होटल सन्नेनबिचललाई भाडामा लिनका लागि विशेष अनुमति लिएका विभिन्न विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसको महामारी रोक्नको लागि जर्मनको सम्पूर्ण होटलहरु बन्द गरेपनि उनले उक्त होटल भाडामा लिएका हुन् । ६७ वर्षीय राजाको आइसोलेसनमा केही कर्मचारी र २० रखाैटीहरु रहेको जर्मनी सञ्चार माध्यम ट्यालोइड बिल्डले रिपोर्ट गरेको छ भने उनकी चार पत्नीहरु भने सँगै छ कि छैन भनी पुष्टि भएको छैन् ।

राजा वजिरलवोगकोर्नको विलासिता पूर्ण आइसोलेसनमा बसेको समाचारले हजाराैं थाइ नागरिकहरुले देशको कानुन तोड्ने जोखिम उठाइ उनको अनलाइन आलोचना गरेको छ । कानुन बमोजिम राजतन्त्रको आलोचना गर्नेलाई १५ वर्ष जेल सजाय बताइएको छ । 

थाइ राजाले लेकन स्टार्नबर्गमा १ करोड २० लाख डलरको हवेली भएपनि उनी होटलमा बस्न चाहेका हुन् । थाइ राजा फ्रेबुअरी देखि आफ्नो देशमा देखिएका छैनन् । 

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Election of Nepal Bar on Chaitra 19

Kathmandu : Election of the 26th Central Working Committee of the Nepal Bar Association is ...

Translate »
%d bloggers like this: