20 Sep 2020, 7:38 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

बुटवलको आइसोलेसनमा मृत्यु भएको व्यक्तिको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

काठमाडाैं । दुबईबाट आएका ३४ वर्षीय युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आइतबार बुटवलको कोरोना अस्पतालको क्वारेन्टाइनमा रहेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो । उनको स्वाबको परिक्षणको लागि काठमाडाैं पठाइएको थियो ।

उनमा कोरोना भाइरसको लक्षण देखिएको हुनाले कोरोनाका कारण मृत्यु हुन सक्ने आशंका गरिएको थियो । तर परिक्षणको रिपोर्ट आएसँगै उनको मृत्यु कोरोनाको कारण नभएको स्पष्ट भएको छ ।

आजै मात्र वीर अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । उनीहरुको स्वाब परिक्षण गरिए पनि रिपोर्ट भने आएको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ९९३ जनाको परिक्षण गरिसकेको बताएका छन् भने आज मात्रै थप ७६ जनाको परिक्षण भएको जानकारी दिएको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: