काठमाडाैं । कोरोना भाइरस संक्रमित पुष्टि भएकी बाग्लुङकी १९ वर्षीय युवतीलाई घरसम्म पुर्याउने चालकको पहिचान भएको छ । गत शनिबार कोरोना संक्रमित भएकी युवतीले पोखराबाट बाग्लङ घरसम्म जान गाडी रिजार्भ गरेको खुल्न साथ उक्त चालकको खोजी सुरु गरिएको थियो ।
चालक पोखरा महानगरपालिका-२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाँउपालिका-३ बस्दै आएको र हाल सेल्फ-क्वारेनटाइनमा बसिरहेको बताएको छ । उनी स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा बसिरहेको छ र उनको दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम नाप्ने गरेका छन् ।