काठमाडाैं । नवलपुरको विनयी त्रिवेणी गाँउपालिकामा स्कुटर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । बा ६६ प ४६८३ नम्बरको स्कुटर विनयी त्रिवेणी गाँउपालिका १ को वननजिक दुर्घटना हुदाँ स्कुटर चालकको मृत्यु भएको हो ।
अर्घखाँचीको ठाडा गाँउपालिका ३ घर भएका ३८ वर्षीय पदमबहादुर केसीको स्कुटर गति तीव्र भएका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने बताइएको छ । उनको मृत्यु मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मंगलबार बिहान भएको हो ।
तर स्कुटर पछाडि बस्ने गुल्मीका रेसुङ्गा नगरपालिका-७ का ३८ वर्षीय नेत्रबहादुर थापा क्षेत्रीको अवस्था भने सामान्य रहेको बताइएको छ ।