19 Sep 2020, 12:15 PM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

काठ तस्करीमा संलग्न नेता आक्रमण गरी फरार

काठमाडाैं । कोरोना भाइरसको महामारीलाई नेपालमा फैलिन नदिन सरकारले लक डाउनको घोषण गरेको थियो । एक हप्ता बताइएको लक डाउनलाई कोरोनाको महामारी नरोकिएको हुदाँ र संक्रमित संख्या बढ्दै गएको हुदाँ फेरि अर्काे एक हप्ता थप गरिएको थियो ।

यस्तो गम्भीर समय राष्ट्रिय यूवा संघका एक नेता भने अवैध रुपमा काठ तस्करी धन्दामा संलग्न रहेको पाइएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ का २८ वर्षीय भेषराज जैसी अवैध काठ तस्करी कार्यमा संलग्न रहेको पाइएको हो ।

बुधबार राति से ४ प ६७४१ नम्बरको मोटरसाइकलमा काठ तस्करी गरी ल्याउँदै गर्दा जैसीलाई स्थानीयले रोक्न कोसिस गर्दा जैसीले एक्कासी आक्रमण गरी त्यहाँबाट भागेको बताइएको छ । उनी लालीगुराँस सामुदायिक वन उपभोक्ता समूहका सहसचिव समेत रहेका बताएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: