23 Sep 2020, 3:38 AM (GMT)

Coronavirus Stats Nepal

66,632 Total Cases
429 Death Cases
48,061 Recovered Cases

कोरोना भाइरसको डरको कारण उपचार नभएपछि महिलाको मृत्यु

काठमाडाैं । विराटनगरका अस्पतालले कोरोना भाइरसको त्रासका कारण बिरामीलाई उपचार गर्न नमानेपछि एक महिलाको मृत्यु भएको पूर्वेली न्यूज ले आफ्नो वेभसाइटमा जनाएका छन् । मृत्यु हुनेमा धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङ रहेको जनाएको छ ।

उच्च रक्तचापको कारण ढलेकी नरदेवीलाई जनाए अनुसार धरानस्थित बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान, न्युरो अस्पताल, विराट नर्सिङ होममा लगेको र त्यहाँ १०२ डिग्री ज्वरो आएको नरदेवीलाई कोरोना आशंकामा चिकित्सकले उपचार गर्न नमानेको उनको छोरी लक्ष्मी गुरुङ राईले बताएको पूर्वेली न्यूज ले जनाएको छ । ती तीनै अस्पतालले नरदेवीलाई उपचार गर्न नमाने पछि उनलाई नोबेल अस्पताल लगेको थियो जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।

नोबेल अस्पतालको चिकित्सकले डेढ घण्टा अघि उपचार भएको भए उनको मृत्यु नहुने बताएपछि उनकी छोरी लक्ष्मीले यदि अरु अस्पतालले उपचार गरिदिएको भए उनकी आमाको मृत्यु नहुने बताएका छन् । उपचारको लागि अस्वीकार गरेर महिलाको मृत्यु भएको घटनालाई अस्पतालको गम्भीर लापरबाहीका रुपमा लिइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Public transport will start operating on long distance from tomorrow

Kathmandu : Public transport has decided to operate long distance bus service. Acting Chief Executive ...

Translate »
%d bloggers like this: