23 Sep 2023, 5:06 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

गाँजा तस्करीमा संलग्न मेयर र नेकपा नेता पक्रन प्रकाउ पुर्जी जारी

काठमाडाैं । गत माघ ११ गते डुमरिया स्वास्थ्य चाैकीको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चालक ईशनाथ नपा डुमरियाका ३९ वर्षीय महम्मद खलिद, सोही ठाँउका १९ वर्षीय अशोक कुमार र भारत बिहारको २२ वर्षीय विनोद सहनी रहेका थिए ।

पक्राउ परेका भारतीय नागरिक विनोद सहनीको बयानको आधारमा जिल्लाको दक्षिणीभेग ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ तथा नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई जिल्ला अदालतले उपस्थित गराउन आदेश जारी गरेको थियो । अदालतको आदेशअनुसार दुवैजनाको प्रहरीले खोजी सुरु गरेको बताइएको छ ।

तर उक्त अभियोग पक्राउ हुनु अघि नै पक्राउ पुर्जी सार्वजनिक भएको छ । पक्राउ पुर्जी प्रहरी भित्रकै कसैले सार्वजनिक गरेको हुन सक्ने आशंका गरिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: