काठमाडाैं । कोरोना भाइरसको कारण एक हलिउड अभिनेताको मृत्यु भएको छ । ‘स्टार वार्स’ को अभिनेता एन्ड्रयु ज्याकको ७६ वर्षको उमेरमा कोरोना भाइरसको कारण मृत्यु भएको हो ।
उनको निधन मंगलबार सरे अस्पतालमा भएको थियो । उनले आफ्नी पत्नी अस्ट्रेलियामा क्वारेनटाइनमा बसिरहेको हुदाँ आफ्नो अन्तिम समयमा आफ्नो पत्नीसगँ भेट्न नपाएको बताइएको छ ।