काठमाडाैं । झापाको कनकाई सामुदायिक वन हाताभित्र आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागी सुकुम्वासी बस्तीका ठाकुरसिंह राईको घरबाट सुरु भएको बताइएको छ । आगलागीको मुख्य कारण पत्ता लगाउन नसकेपनि धुम्रपान गर्ने भएकोले आगलागी सुरु भएको हुन सक्ने आशंका गरिएको छ ।
आगलागी बढ्दै गएपश्चात छिमेकी झकडबहादुर दर्जी र अमृता श्रेष्ठको पनि घर जलेर नष्ट भएको हो । आगलागी भएको थाहा पाएपछि दमकल, खानेपानी ट्याङ्की र स्थानीय वासीको पहलमा निभाइएको थियो ।