काठमाडाैं । बेलायतमा एक दिनमा ७०८ मानिसहरुको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
बेलायतमा शनिबार सम्ममा कम्तिमा पनि ४ हजार ३१३ जनाको मृत्यु भइसकेको बताइएको छ भने कोरोना संक्रमित संख्या कम्तिमा पनि ४१ हजार ९०३ पुगिसकेको छ जुन अघिल्लो दिनको ३ हजार ७३५ संक्रमितको वृद्धि सहित हो ।
कोरोना भाइरसको प्रकोप धीमा हुँदै गएपनि बेलायतको सामाजिक दूरी नियमहरु भने अझ धेरै हप्ताहरुको लागि लागू रहने बताएका छन् ।