01 Jun 2020, 2:31 AM (GMT)

Coronavirus Stats Nepal

1,572 Total Cases
8 Death Cases
220 Recovered Cases

पाँच दिन भित्र नेपालमा कुनैपनि संक्रमित नभेटिएको

काठमाडाैं । बिहिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आइतबार यता कुनैपनि परिक्षणमा संक्रमण नभेटिएको बताएका छन् ।

हालसम्म कुल २ हजार ८ सय ९५ परिक्षण भइसकेको छ, जसमा उपत्यकामा २ हजार ३ सय ७२ र उपत्यका बाहिर ५ सय १३ परिक्षण भएको बताइएको छ ।

आइतबारबाट यता पाँच दिनमा कुल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परिक्षण गरिएको र ती सबै परिक्षणमा कोरोना भाइरस नेगेटिभ भएको पाइएको छ ।

गत शनिबार सम्म कुल १ हजार ४ सय ४१ परिक्षण हुँदा ९ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एक जना निको भइसकेको छ ।

प्रवक्ता देवकोटाको अनुसार हालसम्म नेपालमा ७ हजार ९ सय ४० व्यक्तिहरु क्वारेन्टाइनमा रहेको र कुल १ सय १७ जना आइसोलेसनमा रहेका छन् । आइसोलेसनमा रहेका मध्ये उपत्यकामा १८ जना र उपत्यका बाहिर ९९ जना रहेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed, one injured in landslide in Kailali

Kathmandu : One person has been killed and another injured in a landslide in Kailali ...

Translate »
%d bloggers like this: