22 Sep 2020, 7:14 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

लकडाउन १२ दिन थपियो, वैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णय

काठमाडाैं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सुरु गरिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने र अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चैत्र ११ गतेदेखि सुरु गरिएको लकडाउन बढाउँदै वैशाख ३ गतेसम्म कायम गरिएको थियो । लकडाउन समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिने तर अन्य कामका लागि बाहिर निस्कन प्रहरीले रोक्ने गरेको छ ।

पछिल्लो समयमा काठमाडाैं पेप्सीकोलाको सनसिटि अपार्टमेन्टमा बस्नै एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपश्चात नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आजै छिमेकी राष्ट्र भारतले पनि लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Death of Woman due excessive bleeding

Kathmandu : A woman has died at Pyuthan Hospital in Bijuwar due to excessive bleeding. ...

Translate »
%d bloggers like this: