काठमाडाैं । इटालियन अधिकारीहरूले विनाशकारी कोरोनाभाइरसको संकटको बीचमा देशभरि वृद्धहरूको हेरचाह गर्ने घरहरूमा स्वास्थ्य उल्लंघनका घटनाहरूको खोजी गरिरहेको विदेशी मिडियाहरुले जनाएको छ।
इटालियन पुलिस स्वास्थ्य बल, न्यूक्ली एन्टिसोफिस्टीजायो ई सनिता (एनएएस) द्धारा निरीक्षण गर्दा पत्ता लगाए कि पहिलो ६०० एल्डर केयर होमहरु मध्ये १७ प्रतिशत एल्डर होमहरुले राष्ट्रिय कोरोना भाइरस प्रोटोकल अनुसरण गर्न असफल भएको बताइएको छ ।
उक्त उल्लघनमा स्टाफका लागि सुरक्षात्मक उपकरणको अभाव, कोरोना भाइरस बिरामीहरुलाइ अलग राख्नका लागि समर्पित क्वारेन्टाइन ठाउँको अभाव समावेश रहेको जनाएको छ ।