काठमाडाैं । नेपालमा एकैदिन १४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको अनलाइन खबरले आफ्नो वेभसाइटमा जनाएको छ । संक्रमित पुष्टि भएको मध्ये उदयपुरबाट १२ जना र चितवनबाट २ जना नेपाली रहेको बताइएको छ।
उदयपुरका १२ जना मध्ये केही भारतीय रहेको बताइएको छ भने चितवनमा रहेको आमा-छोरा रहेको बताइएको छ । थप १२ जना सहित नेपालमा कोरोना भाइरस संक्रमित पुष्टि भएको संख्या ३० पुगेको छ भने १ जना निको भइसकेको छ ।