26 Jan 2022, 2:38 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

वुहान अधिकारीहरूले शहरको कोरोनाभाइरसबाट मृत्यु हुने संख्या परिमार्जन गर्दा मृत्यु संख्यामा ५० प्रतिशत वृद्धि

काठमाडाैं । नोभेल कोरोनाभाइरसबाट चीनले आफ्नो औपचारिक मृत्युको संख्या संशोधन गरेको छ र महामारीको कारण हुने मृत्युको संख्यामा एक तिहाइ भन्दा बढी वृद्धि गरेको छ । गत वर्षको अन्तमा यो भाइरस पहिलो पटक रिपोर्ट गरिएको शहर वुहानका अधिकारीहरुले शुक्रबार वुहानमा मृत्यु हुनेको संख्यामा परिमार्जन गर्दै एक हजार २ सय ९० जना थप गरेको छ।

साथै चिनियाँ अधिकारीहरुले संक्रमितको संख्यामा परिमार्जन गर्दै ३२५ जना थप गरेको छ। शहरमा कोरोना भाइरस पुष्टि भएको संख्या अहिले ५० हजार ३३३ रहेको छ भने ३ हजार ८६९ जनाको मृत्यु भइसकेको छ । अघिल्लो रिपोर्ट गरिएको वुहानमा कोरोना भाइरसका कारण मर्नेहरुको संख्या २ हजार ५७९ थियो, त्यसैले संशोधित तथ्याङ्कले कोरोना भाइरसबाट शहरमा हुने मृत्युको संख्या ५० प्रतिशत वृद्धि देखाएको छ ।

अप्रिल १७ सम्ममा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले संशोधित वुहान तथ्याङ्क प्रकाशित हुनु अघि राष्ट्रिय स्तरमा ३ हजार ३४२ जनाको मृत्यु भएको बताएको थियो । परिमार्जित तथ्यांकअनुसार शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३६ पुगेको छ। त्यस्तै संक्रमितको संख्या ८३ हजार ७ सय ५३ रहेको छ।

चिनियाँ अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणको सुरुवाति दिनमा केही व्यक्तिको घरमै मृत्यु भएकाले संख्या छुटेको, त्यस्तै कोरोना भाइरसको संक्रमण रोक्न चिकित्सक तथा अधिकारीहरु केन्द्रित भएकाले मृत्यु हुनेको तथ्यांक छुट्न पुगेको चिनियाँ अधिकारी स्पष्टीकरण दिएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Powerful earthquake in Japan

Kathmandu : A strong earthquake shook Japan on Thursday. A magnitude 6.1 earthquake has shaken ...

Translate »
%d bloggers like this: