काठमाडाैं । शुक्रबार जनकपुरधामको महावीर चोकस्थित सडकमा पैसा छरेर भागेका दुई मुस्लिम महिलालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्ने महिला भाउजु-नन्द भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । महावीर चोकमा दिउँसो साढे १२ बजे नेपाली रुपैयाँ छरेर फरार भएका थिए ।
सीसीटीभीमा उनीहरुलाई देखिएपश्चात प्रहरीले उनीहरुको तस्वीरसहित खोजी सुरु गरेको थियो । छरिएको उक्त रुपैयाँ कोरोना भाइरस संक्रमण सम्बन्धी हुन सक्ने आशंका गरेपछि जनकपुरमा त्रास फैलिएको थियो ।
बरामद गरिएको रुपैयाँलाई परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ भने पैसा छरिएको क्षेत्रमा सेनिटाइजर छरिएको छ ।