19 Sep 2020, 12:15 PM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

बाग्लुङको ६५ वर्षीय कोरोना संक्रमित महिला निको भइन्

काठमाडाैं । बाग्लुङ नगरपालिका-३ गाैडाकोटकी ६५ वर्षीया कोरोना संक्रमित महिला कोरोना भाइरसबाट निको भएकी छन् । नेपालको छैटाैँ कोरोना संक्रमित महिलाको तेस्रो र चाैथो पटकको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको दुवै पटकको रिपोर्ट नेगेटिभ आएपछि धाैलागिरी अञ्चल अस्पतालबाट उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको धाैलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिएका छन् ।

उनी चैत्र ४ गते बेल्जियमबाट कतार हुँदै बाग्लङ आएकी उनलाई चैत्र १७ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि धाैलागिरी अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार गरिएको थियो । उनी उक्त अस्पतालमा १७ दिनदेखि उपचाररत रहेकी थिइन् ।

कोरोना संक्रमित पुष्टि भएकी महिलालाई परिक्षण गर्दा पहिलो र दोस्रो पटक रिपोर्ट पोजेटिभ आएको थियो भने तेस्रो र चाैथो पटक गर्दा रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट दुई पटक नेगेटिभ आउनु कोरोना निको हुनु भएकोले उनको डिस्चार्जको तयारी भइरहको छ ।

उनी कोरोनाबाट निको भएपनि केही दिन घरमा आफैँ क्वारेनटाइनमा बस्नुपर्ने बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: