काठमाडाैं । टर्की संयुक्त राज्य अमेरिका र युरोप बाहिर सबैभन्दा बढी कोरोनाभाइरस संक्रमण भएको देश बनेको छ । यसअघि चीनमा अमेरिका र युरोप बाहिर सबैभन्दा बढी संक्रमित थियो ।
टर्कीले कुल ९० हजार ९८० कोरोना संक्रमित संख्या सहित चीनलाई पछाडि पारेको हो भने टर्कीमा मृत्यु संख्या अहिले २ हजार १७ पुगिसकेको छ ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि टर्कीका स्वास्थ्य मन्त्री फारेटिन कोकाले अत्यधिक स्वास्थ्य प्रणालीको डरलाई कम गर्न खोजेका छन् । टर्कीले एक हप्ताको कर्फ्यूको ढिलो घोषणा गरेपश्चात देशभर किनमेल गर्ने आतंक मच्चेको थियो ।
स्कूल र बारहरु बन्द भएपनि टर्कीले अहिलेसम्म पूर्ण स्तरीय लकडाउन कार्यान्वयन गर्न मानेका छैनन् र एक हप्ता लामो कर्फ्यूलाई प्राथमिकता दिइरहेको छ ।
आइतबार संयुक्त राज्य अमेरिका डोनाल्ड ट्रम्प र एर्दोगान बीच भएको भेटमा महामारीको समयमा उनीहरुको निकट सहयोग जारी राख्ने सहमत भएका छन् ।