26 Jan 2022, 2:07 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

नेपालमा एकैदिन ११ जना कोरोना संक्रमित पुष्टि, कुल संक्रमित संख्या ४२ पुग्यो

काठमाडाैं । नेपालमा एकैदिन ११ जना कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ, जसमा ५ जना निको भएर घर फर्किसकेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडाैंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण गर्दा यी संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै उदयपुरमामात्रै  कोरोनासंक्रमितको संख्या २४ जना पुगेको छ  ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: