काठमाडाैं । तनहुँमा जिल्लाको व्यास नगरपालिका-१ निर्मलबस्तीको एकै परिवारको ३ जना मृतावस्थामा भेटिएको छ ।
शुक्रबार अपाङ्गता भएका १५ वर्षीय छोरा बिपीन श्रेष्ठ मृत भेटिएको थियो । उनको मृत्यु भएको दुई दिनअघि (वैशाख १० गते) देखि नै उनका आमा र बहिनी हराएका थिए। छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखिएको थियो। त्यपछि आमाले हत्या गरी फरार भएको हुनसक्ने आशंका गरिएको थियो।
मृतक बिपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार शव परिक्षण गरी दाहसंस्कारका लागि आफन्तजनलाई जिम्मा लगाएको थियो।
तर, शनिबार आमा ३४ वर्षीय रवीना र उनकी अपाङ्गता एकी ११ वर्षीय छोरी प्रिया पनि नदीकिनारामा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा केही भन्न नसकिने जनाएको छ।