23 Sep 2023, 6:07 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

ट्रम्पले लगाए ह्वाइट हाउसमा हुने कोरोनाभाइरस सम्बन्धी दैनिक प्रेस कन्फ्रेसमा रोक

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोनाभाइरस विषयमा हुँदै आएको दैनिक प्रेस कन्फ्रेन्स बन्द गरेका छन्। ट्रम्पले कोरोना भाइरसको संक्रमण बारे हुँदै आएको दैनिक प्रेस कन्फ्रेन्सको केही अर्थ नभएको बताएका छन् ।

हालै मात्र उनले प्रेस ब्रिफिङमा प्रमाणित नभएको र गलत मेडिकल सुझाव दिएका थिए । बीबीसाका अनुसार चीनले कोरोनाभाइरस सम्बन्धी सूचना लुकाएको मलेरियाको औषधीले कोरोना संक्रमितको उपचार गर्न सक्ने जस्ता तथ्यहीन कुरा गरेपछि ट्रम्पको चर्को आलोचना हुँदै आएको थियो ।

उनले एक ट्वीट मार्फत “ह्वाइट हाउसको पत्रकार सम्मेलनको उद्देश्य के नै रहन्छ जव पक्षपाती मिडियाले शत्रुतापूर्ण पश्नबाहेक अरु केही पनि सोध्दैनन् र केही कुरालाई तथ्यसहित रिपोर्ट गर्दैनन्। उनीहरुले यसमार्फत रेटिङ पाउँछन् र अमेरिकी जनताले झुटो समाचार बाहेक केही पाउँदैनन्। यसलाई समय दिनु र प्रयास गर्नु बेकार हो।” बताएका छन्।

तर वास्तवमा ट्रम्प दैनिक आयोजना हुने पत्रकार सम्मलेनमा पत्रकारमाथि निरन्तर भड्किरहेको देखिन्छन् जसका लागि उनको निकै आलोचना समेत हुने गर्छ ।

उनले कोरोनाको उपचारको रुपमा घाम र मलेरियाको औषधी प्रयोग गर्ने लगायतका सल्लाह दिँदै आएका छन् जसका कारण उनको बयान माति उनकै विशेषज्ञको समूहले स्पष्टिकरण दिनु परेको थियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Election of Nepal Bar on Chaitra 19

Kathmandu : Election of the 26th Central Working Committee of the Nepal Bar Association is ...

Translate »
%d bloggers like this: