काठमाडाैं । पाकिस्तानमा योजना मन्त्री असद उमारले शनिबार पाकिस्तानमा देशव्यापी लकडाउन ९ मेसम्म जारी रहने जानकारी दिएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि पाकिस्तानमा लकडाउन ८ मेसम्म बढाइएको हो।
पाकिस्तान सरकारले रमजानको अवसरमा नमाजका लागि मस्जिदहरु खुला गरेको थियो ।
मस्जिदमा जानेहरुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने अंकमाल गर्न नपाइने र सामाजिक दूरी कायम गर्नुपर्ने प्रावधान राखिएको थियो भने मस्जिदमा जान बालबालिका वृद्धावृद्धा र कुनै दीर्घरोगबाट ग्रसितहरुका लागि प्रतिबन्ध लगाइएको थियो।
पाकिस्तानमा हालसम्म ११ हजार ९४० जना कोरोना संक्रमित पुष्टि भइसकेको छ भने २५३ जनाको मृत्यु भइसकेको छ।