काठमाडाैं । मन्त्रपरिषद्को बैठकले लकडाउन वैशाख २५ गतेसम्म लम्बाउने निर्णय गरेको छ । लकडाउनको अवधि सकिन १ दिन बाँकी रहँदा १० दिन थप गर्दै आज बसेको मन्त्रिपरिषद्को निर्णयले वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको हो।
शनिबार बसेको कोरोनाभाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो र एक साता लकडाउन जारी राख्न सिफारिस गरेको थियो। एक हप्ताभित्र संक्रमणको सम्पर्कमा पुगेकाहरुको पहिचान र परिक्षण गर्न कठिन हुने निष्कर्ण निकाल्दै लकडाउनको समयावधि १० दिन थप्ने निष्कर्ष निकालिएको हो।
चैत्र ११ गतेबाट लागू गरेको लकडाउन चार पटक बढाइसकेको छ। पहिलो चरणमा चैत्र ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो त्यसपश्चात चैत्र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत्र २५ गतेसम्म कायम गरेको थियो । चैत्र २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्बाइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो।
वैशाख २५ गते सम्म हुने लकडाउनको मोडेल कस्तो हुनेछ भन्ने मन्त्रिपरिषद्को विस्तृत निर्णय भने सार्वजनिक भएको छैन् ।