काठमाडाैं । हुबेई प्रान्तको स्वास्थ्य आयोगका अनुसार, वुहान, चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रमा रहेको शहरमा पछिल्लो १२ बिरामीहरु डिस्चार्ज भएपछि अस्पतालमा कोही कोरोना संक्रमित भर्ना भएको छैनन्।
सरकारी समाचार एजेन्सी सिन्हुआका अनुसार वुहानमा अन्तिम बिरामीका रुपमा अस्पतालमा रहेकाहरुलाई शुक्रबार डिस्चार्ज गरिएको छ। हुबेई प्रान्तका सबै बिरामीहरु वुहान शहरको अस्पतालमा नै रहेको थियो।
“यो ऐतिहासिक दिन हो” वुहान सरकारको स्वामित्वमा रहेको एक पत्रिकाले लेखेको छ।
वुहान शहरमा मात्र ३ हजार ८६९ जनाको मृत्यु भएको बताइएको छ जुन देशव्यापी मृत्युको ८० प्रतिशत हो भने हुबेईमा संक्रमणका ६८ हजार बढी घटनाहरु दर्ता भएका थिए जसमध्ये ५० हजार बढी वुहानबाट आएको थियो।
हुबेईमा अहिले नयाँ केसहरु नभएपनि संक्रमितसँग सम्पर्कमा रहेको १ हजार ७२८ जनालाई भने चिकित्सकको निगरानी राखिएको बताइएको छ।
वुहान शहरमा बिरामीहरु नभएपनि शंघाईमा ६७ र बेइजिङमा ३ जना सहित चीनको अन्यत्र अस्पतालहरुमा बिरामीहरु रहेको जानकारी दिइएको छ।
विभिन्न शहरहरुमा विदेशीबाट धेरै केसहरु भेटिएको हुँदा सरकारले अन्तर्राष्ट्रय उडान र प्रवेशमा कटाैती लगाएको छ।