19 Sep 2020, 7:36 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

वैशाख २६ गते देखि बजार खुल्न सक्ने नेप्सेका सीईओको भनाई

काठमाडाैं । सरकारले नेपालमा कोरोनाभाइरसको संक्रमण फैलन नदिन भन्दै गत चैत्र ११ गतेदेखि सुरु गरेर चाैथो पटक थपेको लकडाउन वैशाख २५ गते सकिनेछ।

तर वैशाख २५ गतेपछि लकडाउन जारी नै रहेपनि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर बजार खुलाउने विषयमा छलफल भइरहेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताएका छन्।

वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा भने थोरै समयका लागि कारोबार खुल्ल गर्ने कि भन्नेबारे छलफल भइरहेको बताइएको छ।

कोरोनाभाइरसको त्रासपछि लगानीकर्ताहरुकै आग्रहमा १० चैत्रदेखि बजार बन्द रहेको छ। ४५ दिनसम्म सेयर बजार हुँदा अर्थतन्त्र नै चलायमान नभएको निष्कर्षसहित बोर्ड र नेप्सेले मोडालिटी तयार गरी निश्चित अवधिका लागि भए पनि कारोबार खोल्ने तयारी गरेका हुन्।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: