
काठमाडाैं । उदयपुर जिल्लामा क्वारेनटाइनमा राखिएको १ युवकले बुधबार राती आत्माहत्या गरेको छ।
उदयपुर जिल्लाको राैतामाई गाउँपालिका-१ मुर्कुचीस्थित जनता क्याम्पसको क्वारेनटाइनमा राखिएको सोही गाउँपालिका-७ गुराँसेका १९ वर्षीय सुमन विकले आफ्नै श्रीमतीको सलले घाँटीमा बेरेर आत्माहत्या गरेको हो।
श्रीमतीको सल निकालेर भित्ताको रडमा बाँधी घाँटीमा बेरेर विकले आत्माहत्या गरेको बताइएको छ।
केही दिनअघि आफ्नी श्रीमतीसँगै काठमाडाैंबाट घर फर्कने क्रममा विकलाई जनता क्याम्पस मुर्कुचीको क्वारेनटाइनमा राखिएको थियो। विक र उनकी श्रीमती काठमाडाैंको चाबहिलमा बस्दै आएको र पोखरा-काठमाडाैं ट्राभल एजेन्सीमा काम गर्ने गरेको थियो।
विकले आत्माहत्या किन गरे भन्नेबारे केही खुल्न नसकेको बताइएको छ।