
काठमाडाैं । क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका पुर्चाैडी नगरपालिका-६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी आज परिक्षणका लागि पठाइएको छ। उनको स्वाब सङ्कलन गरी परिक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो।
भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो।
लामो समयदेखि दमका बिरामी रहेको लुहार शनिबार पुर्चाैडी नगरपालिका-६ को क्वारेनटाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको हो।
मृतक लुहारको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चाैडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए।
रिपोर्ट आएपछि मात्रै लुहारमा कोरोना संक्रमण भएको वा नभएको पुष्टि हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताएका छन्।