
काठमाडाैं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत्र ११ गते देखि लकडाउन जारी गरेको थियो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ।
लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। यससँगै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाईजेठ १८ गतेसम्म लम्ब्याउने मन्त्रिषरिषद्को बैठकले निर्णय गरेको छ।
साथै बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्जवलन गर्न नागरिकहरुलाई आग्रह गरेको छ।