
काठमाडाैं । बुधबार कपिलबस्तुमा एक कोरोना संक्रमित थपिएसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो।
यसैगरी काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परिक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण देखिए सँगै कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।
उनको हाल स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।