
काठमाडाैं । लकडाउनको समयमा नक्कली सैनिक पोसाक लगाएर हिँड्ने १ जनालाई आइतबार सैनिक प्रहरीले पक्राउ परेको छ।
पक्राउ पर्नेमा काठमाडाैंको बाँसबारीमा होटल सञ्चालन गर्दै आएका दोलखाका सुशील खड्का रहेका छन्। उनलाई आइतबार नक्कली सैनिक पोसाक लगाएर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो।
सेनाको अनुसार उनी २०६८ सालमा सेनाले सञ्चालन गरेको सैन्य आधार तालिममा रहँदा भागेका थिए। उनलाई सैनिक प्रहरी गणमा थप निगरानीमा राखी कार्वाही पक्रिया अघि बढाइएको छ।