
काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट २५ वर्षीय युवाको मृत्यु भएको छ। बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
नरैनापुरको मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेनटाइनमा बस्दै आएको उनको मृत्यु बिहान ६ बजेर ४० मिनेटमा भएको हो । योसँगै देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।
उनी वैशाख ३० गते भारतबाट आएपनि उक्त युवाको स्वाब शनिबार मात्रै संकलन गरी पीसीआर परीक्षण गर्न लगिएको थियो।
उनको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्। यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको थियो।