23 Sep 2020, 2:08 AM (GMT)

Coronavirus Stats Nepal

66,632 Total Cases
429 Death Cases
48,061 Recovered Cases

कपिलवस्तुको दुईवटा क्वारेनटाइनबाट ४५ जना भागे

काठमाडाैं । कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन्।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिंहखोरका थप १५ जना क्वारेनटाइन छोडेर भागेको वडा अध्यक्ष सहाबुद्दिन मसुलमानले जानकारी दिएका छन्।

भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन्। यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने वडा नं ५ मा मात्रै ५ जनामा संक्रमण भएको छ। हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाउँकै हुन्।

पहिल्यै गाउँ शिल गर्नुपर्ने खोरिया गाउँको क्वारेन्टाइनका व्यक्ति भागेर पुन: घरमा फर्किनु सुरक्षा निकायको चरम लापरवाही भएको स्थानीयको आरोप छ।

क्वारेन्टाइनबाट भागेकालाई सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणमा लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाैडेलले बताए।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Public transport will start operating on long distance from tomorrow

Kathmandu : Public transport has decided to operate long distance bus service. Acting Chief Executive ...

Translate »
%d bloggers like this: